शैक्षिक सुधारका लागि कुनै कसर बाँकी राखिदैनः अध्यक्ष थापा

पाेखरा | साउन ९, २०८०

शैक्षिक सुधारका लागि कुनै कसर बाँकी राखिदैनः अध्यक्ष थापा

पोखरा महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष नरेन थापाले सरकारी शिक्षण संस्थाको सुधारका लागि कुनै कसर बाँकी नराख्ने र शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गरिने बताएका छन् ।

 

सामुदायीक बिद्यालयका तर्फबाट कास्की जिल्लामा छात्राहरुको तर्फबाट प्रथम भएकी पोखरा २६ लक्ष्मी उच्च माविमा अध्यानरत छात्रा मेनुका शर्मालाई वडाले गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सरकारी र सामुदायिक विद्यालयमा बिद्यार्थीहरुलाई जामजाम गर्ने परिस्थिति निर्माण गर्नका लागि वडा कार्यालय प्रयत्नशिल रहेको बताए ।

 

थापाका अनुसार पोखरा महानगरपालिका वडा नं। २६ ले नेपालमा नै पहिलो पटक वडा अध्यक्षसँग बालबालिका कार्यक्रम संचालन गरेको र उत्त कार्यक्रम प्रभाबकारी भएकाले मासिक एक पटक उक्त कार्यक्रम संचालन गरिने जानकारी गराए । थापाले सरकारी शिक्षण संस्था सुधारका लागि वडाले केहि सिर्जनसिल योजनाहरु अगाडी सारेको बताए । उनले शिक्षा क्षेत्रलाई अंक मापनको मात्र बिषय अतिरिक्त कृयाकलापमा पनि जोड्नुपर्ने आवश्यकता रहेको बताए ।

 

यसअघि पनि वडा कार्यालयले बिभिन्न बिधामा विजय हाँसिलगरि वडाको नाम जिल्लामा राख्न सफल भएको भन्दै सम्मान गरेको बताए । आगामी दिनमा पनि वडाको नामलाई जिल्ला र देशमा राख्ने बिद्यार्थीहरुलाई सम्मान र हौँसला दिनका लागि कुनै कसर बाँकी नराख्ने बताए । थापाले सम्मानित छात्रालाई उच्च शिक्षाका लागि पनि सहजीकरण गर्ने बताए ।

 

वडाध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तीर्थराज रानाभाट, लक्ष्मी भट्टराई, वडा शिक्षा समितिका सचिव मिना भट्टराई भण्डारी, सदस्यहरु हरिप्रसाद अधिकारी, रमेश भट्टराई, प्रकाशलाल श्रेष्ठ, बेदप्रसाद बास्ताकोटी, लक्ष्मी माध्यमिक विद्यालयका विद्यालयका प्रधाननध्यापक जगन्नाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्